सुशान्त सिंह राजपुतको मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमानतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जेलमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट लागुऔषधको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रियाको घरबाट एनसीबीले मोवाइल र ल्यापटप पनि नियन्त्रणमा लिएको छ । फोन र ल्यापटपमा भएको डाटाबाट केही वाट्सएप ग्रुपमा भएको लागुऔषध सम्बन्धि कुरा भेटिएको थिए । रियाको आमाको फोनको डाटा पनि लिइसकेको छ ।

रियाले एनसीबीको सोधपुछको क्रममा लागुऔषध सेवन गर्नेमा दिल बचेराका निर्देशक मुकेश छाबडा, सारा अली खान र रकुल प्रीत सिंहको नाम समेत लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!