मंगलबार, भाद्र ३०, २०७७ || 982  पटक पढिएको

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (मंगलबार) सम्म रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भदौ २९ गते नै उनको चार वर्षे कार्यकाल सकिएको बताइएको थियो । त्यसैले सम्भवतः आज प्राधिकरणबाट उनको औपचारिक बिदाइ गरिने भएको छ ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुनः नियुक्ति दिने अनुमान गरिएको थियो । तर, मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नै गरेन ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने उmर्जा मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ ।

आज बेलुकीसम्म घिसिङको म्याद बाँकी रहेकाले भोलि नै निमित्त तोकिने भएको छ । लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले कुलमानको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

तर, उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकाले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ ।

यसैबीच, निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका छन् । शाक्यले आफूलाई ससुराली खलक भनेर प्रधानमन्त्री केपी ओलीमा दबाब बढाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कुलमानलाई नै कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!