सोमबार, भाद्र २९, २०७७ || 1033  पटक पढिएको

लोकप्रिय गायक साजन राईको स्वर तथा संगीतमा तयार भएकाे “गाउँघरकै जीवन रमाइलाे” बोलको म्युजिक भिडियो तिन दिन नबित्दै नेपालको युट्युबमा ट्रेनिङको १४ नम्वरमा पुगेको छ। यसरि केहि दिनमा नै आफ्नो म्युजिक भिडियोलाई अत्याधिक माया गर्ने सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई साजन राईले धन्यवाद समेत दिएका छन्। म्युजिक भिडियोको गीतमा रमेश कार्किकाे शब्द, सन्जिव बराइलीकाे एरेन्ज र प्रदिप जाेशिकाे मिक्सिङ मास्टेरिङ रहेकाे छ ।

सबैतिर चर्चित बन्दै गएको यस भिडियाेमा ‘सुन साँईली’ गीतबाट चर्चित बनेका (साइला)गाैरब पहाडी र (साइली) मेनुका प्रधानकाे जिवन्त अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई भुपेन्द्र तुम्वाहाम्फले छायाँकन गरेका हुन ,अनिल राणाले भिडियोलाई सम्पादन गरेका हुन्न ड्राेनमा सुमन याेन्जनको साथ रहेको छ भने म्युजिक भिदियोलाई किरन चाम्लिङ र भुपेन्द्र तुम्वाहाम्फे मिलेर निर्देशन गरेका हुन ।

गायक तथा संगीतकार साजन राईले यसअघि पुर्वको माया पश्चिमलाई, पैसा र बैँस थाहा हुन्न कान्छी, नेपाली नेपाली हामी नेपाली, तिमी गयौ र यो दिन खाली भो, तिमीले छम छम गरि नाचिँदिदा लगायतका चर्चित गीतहरु दिएर दर्शकहरुकाे मन जितिसकेका छन् । यस गीतले पनि अन्य गीतहरु जस्तै सबैको माया पाउने गायक तथा संगीतकार साजन राईले हिपमत डटकमलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!