सोमबार, भाद्र २९, २०७७ || 1058  पटक पढिएको

विराटनगर महानगरपालिका ४ खारजीमा बस्ने समस्यामा परेका तीन जना पीडित परिवारलाई समाज सेवी युवा अभियन्ता ओशिम आलमको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।

हिपमत मिडिया हाउसको पहलमा अभियन्ता आलमको सहयोगमा खाद्यान्न सामग्री तथा प्रमोदकुमार यादवको सहयोगमा औषधी वितरण गरिएको हो ।

विगत २० वर्ष देखि एक्कलै बस्दै आएकी महिला चमेली साहलाई लकडाउनका कारण काम नपाएर समस्यामा परेकी चमेली साह, सानै छदाँ एउटा हाथ गुमाउनु परेकी तुलसी साह र होटल मजदुरीमा रहेकी मुना तामाङलाई चामल, दाल, आलु, प्याज, च्याउ च्याउ, चियुरा, तले, नुन सहितका खाद्यन्न सामग्री वितरण गरिएको हो ।

विगत छ महिना देखि विरामी रहेकी चमेली साह आर्थिक अभावले गर्दा औषधी समेत किन्न नपाएकोले हिपमतकर्मी रामप्रेम यादवको अगुवाईमा प्रमोद यादवको सहयोगले औषधी उपलब्ध गराएको हो ।

समाज सेवाको क्षेत्रमा सक्रिय भएर लागेका युवा अभियन्ता आलम समस्यामा परेकाहरुलाई सहयोग गर्न आफु र आफ्नो समुह सदैब तत्पर रहने हिपमत डटकमलाई जानकारी दिए । त्यस्तै अर्का सहयोगी प्रमोद यादवले आफुले भ्याए सम्म निरन्तर सहयोग गर्दै रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!