खबर ठुलो छ

उदयपुरको कटारी नगरपालिका-११ लखनथुम्का बस्ने ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ भने हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका -११ हात्तीसुँडे स्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

आइतबार, भाद्र २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया