नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् । कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस गरिरहेकी छिन् ।

विवादमा फसेर तनावमा भइन् कंगना ?

कंगना रनौतले सोसल मिडियामा एउटा यस्तो ट्वीट गरेकी छिन् जुन हेर्दा यस्तो लाग्छ कि उनी तनावमा छिन् । उनले लेखेकी छिन्, ‘थुप्रै पटक यो उल्झनबीच यस्तो लाग्छ कि म निकै प्रभावित भइरहेकी छु । कहाँ आइपुगेकी छु ? म बुझ्न सकिरहेकी छैन । जीवनले मलाई जुन चुनौती पेश गरिरहेको छ, म त्यसलाई पार पाउने कोसिस गरिरहेकी छु तरपनि चुनौतीले छोड्दैनन् । म पूरा कोसिस गर्छु तरपनि पुनः उल्झँदै गइरहेकी छु ।’

उद्धव ठाकरेलाई भनिन् रावण ?

अब कंगनाले यो पोस्टसँग एउटा फोटो पनि सेयर गरेकी छिन् । उनी कुनै मुद्दाको विषयमा उल्झँदै गइरहेको यो फोटोले इन्गित गर्छ । प्रशंसकले पनि नायिकालाई ठिक छ–छैन भनेर सोधिरहेका छन् । यसमा उनले जुन मीम सेयर गरेकी छिन् त्यो कंगना ठाकरे सरकारविरुद्ध देखिएको छ । मीममा उद्धव ठाकरेलाई रावणको रुपमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!