बुधबार, माघ ०१, २०७६ || 1663  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,१ माघ :अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।
अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए ।
यसअघि शुबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किनासथा सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्ताल ताक्दै ‘रोक्–रोक्’ भन्दै घेरा हाली बबिन्द्र नेम्वाङको टोलीले समातेको बताइन्छ ।
गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ ।
मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको थियो । पुस १३ गते त्यही खाली ठाउँमा १ वटा कट्टा पेस्तोल थपेर अदालतमा पेस गरिएको विप्लव समूहको दाबी छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!