शनिबार, भाद्र २७, २०७७ || 571  पटक पढिएको

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा दुई सैनिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।

सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए ।

करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो । श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!