शनिबार, भाद्र २७, २०७७ || 1002  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् । चोरीको अभियोगमा चार दिनअघि भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई पक्राउ गरी प्रहरीले थुनुवा कक्षमा राखेको थियो । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।रोशनले हिरासतमा रहेकै बेला आत्महत्या गरेको खबर बाहिरिएसँगै उनका आफन्तहरु आक्रोशित भएका थिए । आक्रोशित समूहले सुरुमा समाचार प्रकाशन गर्ने धनगढीस्थित दिनेश एमएफएमको कार्यालयभित्रै पसेर सञ्चारकर्मीहरुमाथि हातपात गरेका थिए । त्यसपछि उत्तेजित समूहले जिल्ला प्रहरी कार्यालयको गेटमा गएर रोशनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै केहीबेर नाराबाजी गरेका थिए । अवस्था नियन्त्रण बाहिर जाने अवस्था आएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो ।

मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका थिए ।

प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए । विष्टका अनुसार मृतकका बुवाले सँगै पक्राउ परी हिरासतमा रहेका ब्यक्तिहरुसँग सोधपुछ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!