शुक्रबार, भाद्र २६, २०७७ || 1033  पटक पढिएको

भक्तपुरमा एकै परिवारको तीनजनाको हत्या भएको छ । मध्यपुर थिमी नगरपालिकाको निकोसेरामा दम्पत्ति र एक छोराको हत्या भएको अवस्थामा शव फेला परेको हो । घटनामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट केही दिन अघि हत्या भएको निष्कर्ष निकालेको छ । घटनामा संलग्नबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

घरको कुकुरको समेत हत्या भएको भेटिएको थियो । धेरै दिनपछि सम्पर्क हुन नसकेपछि मृतकका आफन्त पुगेका थिए । घरमा पुग्दा परिवारका सबै सदस्य र कुकुर मृत फेला परेका थिए । घरका तीनवटा तल्लामा तीनजनाको शव छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।प्रहरीका अनुसार सम्झना र कुकुरको शव दोस्रो, सुशान्तको शव तेस्रो र सुदिप अधिकारीको शव चौंथो तल्लामा फेला परेको थियो । कुकुरसहित परिवारका सबै सदस्यको शव भेटिएपछि योजनावद्ध तरिकाले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!