मंगलबार, पौष २९, २०७६ || 891  पटक पढिएको

प्रबेश बिष्ट
हिपमत डटकम,
काठमाडौं , पौष २९  : नेपालको सबैभन्दा प्रतिष्ठीत मानिने घरेलु फुटबल प्रतियोगिता ए डिभिजन लिग अन्र्तगतको विभागिय क्लब त्रिभुवन आर्मी र संकटा क्लबबिचको खेल त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा आज १–१ को बराबरीमा सम्पन्न भएको छ । सरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो ।आर्मीका लागि नवयुग श्रेष्ठले खेलको २९ आँै मिनेटमा दिनेश हेम्जनको क्रस पासलाई हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ४६ आँै मिनेटमा डिबक्स भित्रबाट पाएको अवसर खेर फाल्दा संकटा क्लब पहिलो हाफमा बराबरी गर्नबाट चुकेको थियो ।खेलको ५३ आँै मिनेटमा संकटाका खेलाडीमाथि फल गरेपछि आर्मीका जर्सि नं ६ का खेलाडीले रातो कार्ड पाएपछि आर्मी १० जनामा सिमित भएको थियो । १० जनामा सिमित आर्मीलाई खेलको ५५ आँै मिनेटमा नराम्रो धक्का लागेको थियो । आर्मीका खेलाडीको डिबक्स भित्र ह्यान्ड हुदा संकटाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । पहिलो हाफमा १–० ले पछि परेको संकटालागि अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए ।बराबरीसँगै आर्मीले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ द म्याच चुनिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!