मोरङ्गको रंगेलीमा समुदाय स्तरमै फेरी ३ जनामा कोरोना देखिएको छ । केही साता अघि मात्र पुर्ण रुपमा कोरोना नियन्त्रण भएको रंगेलीमा फेरी कोरोना देखिएको हो । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति बालाजि मन्दिर क्वारेन्टिनमा बसेको ९ जना सहित २५ जनाको “रेन्डम” जाच गर्दा ३ जनामा कोरोना देखिएको रंगेली स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले जानकारी दिए । कोरोना पुष्टी हुनेमा रंगेली नगरपालिकाको दई जना कर्मचारी सहित इलाका प्रहरी कार्यालय रंगेलीको लागुऔषध मुद्दाका एक जना थुनुवा रहका छन् ।
हामीले रंगेलीमा समुदाय स्तरमै सत प्रतिशत कन्ट्याक ट्रेसिङ्गको रिर्पोट नेगेटिभ आएता पनि “रेन्डम्ली” मानिसहरुको पिसिआर जाच गराउदै आएका थियौ मण्डलले भने– ति मध्ये तिन जनामा कोरोना देखियो । कोरोना देखिएको २ जना कर्मचारीलाई रंगेली जनता क्याम्पसकै आइसोलेशनमा राखिने स्वास्थ्य शाखाले जानकारी दिएको छ । यता रंगेली इलाका प्रहरी कार्यालयको हिरासतमा कोरोना देखिएका थुनुवालाई कानुनी प्रक्रिया पुरा गरेर आइसोलेशनमा पठाउने तयारी भइरहेको प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । संक्रमित थुनुवा सुनवर्षि नगरपालिकाको भएको प्रहरीले जानकारी दिएको छ ।
रंगेलीमा साउन १७ गते पहिलो पटक एकै परिवारका १४ जना सहित २२ जनामा समुदाय स्तरमै कोरोना देखिएपछी रंगेली नगरपालिकाले रंगेली बजार क्षेत्र पुर्ण रुपमा तिन साता शिल गरेर कन्ट्रयाक ट्रेसिङ्ग गर्दा १ सय ९ जनामा कोरोना देखिएपछी आफनै १ सय बेडको आइसोलेसन तयार गरेर कोरोना नियन्त्रणमा सफलता पाएको थियो ।
यता फेरी रंगेलीमा कोरोना देखिएपछी रंगेली नगरपालिका प्रशासकिय प्रमुख टोम सुवेदीले उनिहरुको “क्लोज कन्ट्रयाक”मा रहेकाहरुको आजै पिसिआर परिक्षण गर्ने तयारी भएको जानकारी दिदै, नगरपालिका भित्र हुने भिड्लाई कम गरेर सामाजिक दुरी कायम गरी दैनिक काम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!