कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे दुई साता बित्दा पनि संक्रमणमुक्त हुन सकेका छैनन् । आइसोलेसनमा बसेको १४ दिनपछि जनस्वास्थ्य प्रयोगशालमा पिसिआर परीक्षण गर्दा पनि उनमा कोरोना पोजेटिभ देखिएको छ । बुढीगंगा १ स्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका ५९ वर्षीय मन्त्री घिमिरेले पूर्ण संक्रमणमुक्त नभएसम्म आफू होम आइसोलेसनमै बसिरहने जानकारी दिए ।

१३ भदौमा पिसिआर परीक्षण गराउन स्वाब संकलन गराएपछि मन्त्री घिमिरे होम आइसोलेसनमा बसेका हुन् । त्यसको दुई दिनमा घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री घिमिरेको निजी सचिवालयका अनुसार स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले उनको चौध दिनपछि बिहीबार पुनः पिसिआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!