
उज्यालो नेपालका १५ नेताले आइतबार पार्टी छाड्ने घोषणा गरेका छन्। पार्टी छाड्नेमध्ये डा. विशालकुमार भण्डारी, डा. अभिषेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजीव भट्टराई छन्।

साझा विज्ञप्तिमा नेताहरूले यसलाई “नागरिक चेतना र साझा हितको अभ्यास”को रूपमा बुझ्न अनुरोध गरेका छन्। केही नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइसकेका छन् भने केही अन्यसँग संवाद भइरहेको छ।