मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउने छन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनु पर्दा मुख्य काममा अवरोध हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुखी बनाउला, यात्राको पनि समय छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!