मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। साहित्य तथा लेखन क्षेत्रमा सफलता मिल्नेछ। मनमा दुविधाको भावना रहन सक्छ। स्वास्थ्य समन्या रहनेछ। यात्राको योग बन्ने देखिन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। तपाईंको सुमधुर बोलीको कारण मानिस प्रभावित हुनेछन्। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। लेखन तथा कला क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। जिद्दी स्वभावको कारण कार्यमा वाधा आउनसक्छ, सतर्क रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): स्वास्थ्य राम्रो रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। परिवारमा सुखमय समय बित्नेछ। आर्थिक लाभ मिल्ने योग छ। मित्रसँग रमणीय भेटघाट हुने सम्भावना छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):खर्चमा वृद्धि हुनेछ। परिवारमा वातावरण सकारात्मक नरहला। आफन्तसंग मनमुटावको स्थिति आउनसक्छ। वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):स्त्री वर्गबाट विशेष लाभ मिल्ने देखिन्छ। साथी-भाईबाट उपहार प्राप्त भएर मन प्रशन्न रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। नयाँ तथा केहि महत्वपूर्ण कार्य यस दिन नगर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसायमा समय अनुकूल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछन्। पदोन्नतीको योग रहेको छ। बुवा तर्फबाट लाभ मिल्ने देखिन्छ। गृहस्थजीवन सुखमय रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसंग निराश रहनेछन्। व्यापार व्यवसायमा वाधा आउनेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहला। यात्राको योग बन्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): वाणी तथा क्रोधमा संयम राख्नुहोला। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अत्याधिक खर्च हुने भएकोले आर्थिक समस्याले सताउन सक्छ। खान-पानमा विशेष ध्यान दिन जरूरी देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। निर्धारित कार्य समयमा पूरा नहुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। मित्रसंग रमणीय भेटघाट गर्ने मौका मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजन, नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर सहयोग मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Caprico rn) : व्यापार व्यवसायमा विशेष सफलता मिल्नेछ। आर्थिक लेन-देनको लागि पनि समय शुभ रहनेछ। परिवारसंग आनन्दमय रूपले समय बित्नेछ। धन लाभको योग रहेको छ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): बौद्धिक तथा लेखन क्षेत्रमा सफलता मिल्नेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। आकस्मिक धन खर्च हुँदा आर्थिक समस्या आउनसक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): घर-जग्गा तथा वाहन खरिद बिक्रि गर्दा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। मान-प्रतिष्ठा हानि हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। यस दिन पानीबाट बचेर रहनुहोला। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला।

Tweet Share

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!