अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलकोट गढी नगरपालिकाको चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधन बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!