बिहिबार, भाद्र २५, २०७७ || 581  पटक पढिएको

रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“ककेसस २०२०” नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज पठाइने चीनले जनाएको छ ।

सेप्टेम्बर २१–२६ सम्म हुने यस अभ्यासमा प्रतिरक्षात्मक कौशल, युद्धमैदानको नियन्त्रण र कमान्ड समावेश हुनेछ । यस अभ्यासले चीन र रुसबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

दुई दशकअघि विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गरेयता चीन र रुसबीच सैन्य र कुटनीतिक क्षेत्रमा सम्बन्धहरु निकै अगाडि बढेको छ । खासगरी यो सम्बन्ध अमेरिकी प्रभावलाई निस्तेज बनाउन निकै उपयोगी रहेको चिनियाँ अधिकारीहरुको भनाई छ ।

सिरिया र उत्तर कोरिया समेतका विश्व मामिलामा संयुक्तराष्ट्रसंघमा हुने छलफलमा चीन र रुसबीच सहकार्य पनि हुन थालेको छ ।-एपी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!