बिहिबार, भाद्र २५, २०७७ || 583  पटक पढिएको

प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुबा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खडका, जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह र इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवमाथि यातना र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।

प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परिसकेका छन् भने प्रहरी उपरीक्षक खड्कालाई प्रहरी प्रधान कार्यालय काठमाडौं र प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा तानिएको थियो ।

यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय महराको निधन भएपछि यातना दिएर मारेको आरोपमा उनका बुबा पनिलाल महराले न्यायको लागि मुद्दा दर्ता गर्नुभएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले प्रहरी उपरीक्षकसहितलाई यातना र कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गर्दै कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको बताउनुभयो ।

गएको साउन ३१ गते फलफँल नर्सरीमा कार्यरत गरुडा नगरपालिका–८ स्थित जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले संलग्न रहेको आरोपमा विजय महरालाई पक्राउ गर्दै यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित माथि यातना र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।

निरञ्जन रामको हत्या भएपछि इलाका प्रहरी कार्यालय गरुडाले प्रहरी निरीक्षक केशबहादुर दोङलाई अनुसन्धान अधिकृत तोके पनि प्रहरी उपरीक्षक रविराज खडकाले हस्तक्षेप गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटाएको प्रहरी निरीक्षक नवीन सिंहसहितको टोलीले यातना दिएको आरोप स्थानीय र घर परिवारको रहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!