सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताएका छन् । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उनले सुक्खा बन्दरगाह नेकपाकै एजेण्डा भएकाले निर्धारित समयमै बन्ने बताए ।

“दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्नुपर्छ, यो सुदूरपश्चिमको विकासका लागि हो । यो पार्टीको एजेण्डा हो”, उनले भने, “यसलाई हामी जसरी भए पनि सफल पार्छौँ ।” उनले दोधारा–चाँदनीको कञ्चनभोजमा सुक्खा बन्दरगाह बन्ने बताए । त्यसका लागि अन्य सबै व्यवस्था सरकारले गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउँदा विस्थापित हुने परिवारको उचित व्यवस्थापन गरिने बताए । “सुक्खा बन्दरगाह बनाउँदा विस्थपित हुने परिवारले कुनै चिन्ता लिनु पर्दैन”, उनले भने, “सरकारले कसैलाई पनि असहज हुने गरी काम गर्दैन, सबैको न्यायोचित व्यवस्थापन गर्छ ।”

सुक्खा बन्दरगाहले दोधारा–चाँदनी सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र भएकाले सबैले एकजुट भएर सुक्खा बन्दरगाहको पक्षमा उभिनुपर्नेमा उनको जोड थियो । उनले सुक्खा बन्दरगाह बनाउँदा स्थानीयवासीलाई बिना व्यवस्थापन हटाइने भनेर गलत प्रचार गरेको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न सबैमा आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विसं २०६६ मा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउने घोषणा गरे । विसं २०७४ को निर्वाचनमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने सत्तारूढ नेकपाको प्रमुख चुनावी एजेण्डा थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!