बुधबार, भाद्र २४, २०७७ || 1084  पटक पढिएको

मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिन खोज्दा स्थानीयस्तरबाट चर्को आवाज उठेको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छानबिन समिति बनाउने तयारी गरिएको बताउनुभयो । जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरु सधैं सचेत रहेको भन्दै उहाँले यस विषयको गम्भीर छानबिन हुने उहांले बताउनुभएको छ ।

वडा–३ बाट उहाँहरु वडा–१ मा बसाईं सरेर जानुभएको थियो । तर, वडा–७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ । तीन ठाउँबाट भक्ता लिइएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते पठाइएको थियो । उक्त उजुरीबारे छानबिन अघि बढेको छ । उक्त उजुरी अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा दर्ता भएको छ ।

मनहरीका सचेत युवाको नाममा दिइएको उजुरीमा छानबिन गर्न माग गरिएको छ । युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई कानुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले गाउँपालिकाका तर्फबाट गल्ती भएको र उक्त गल्ती सच्याइएको बताउनुभयो । उहाँले यसअघि लिइएको रकम फिर्ता ल्याइसकिएको दाबी गर्नुभएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!