मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुदा विदेश तथा विदेश सँगसम्बन्धित कामहरु रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायि रहनेछ । बिदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टु ट्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनपरेको मानिसबाट चिट्ठा तथा उपाहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ l

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दु र्घट ना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभा वित हुने हुनाले आर्थिक सं क ट को सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिँदि बहिनीसँग सामान्य कुरामा म नमु टा बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरु बिच मनमुटाब सिर्जना हुनेछ । व्यवसायिक यात्रा हुने भएपनि बाटोमा दुख पाइने तथा अनावस्यक ठाउँमा खर्च हुनेछ । प्रेममा नचाहादा नचाहाँदै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवा दित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मन मु टावको भावना राख्ने तथा सत्रु ता साध्नेहरु आफै कमजोर हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घ ट्ना घ ट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्र भाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!