मंगलबार, भाद्र २३, २०७७ || 803  पटक पढिएको

१० वर्षे जनयुद्धको जगमा टेकेर राज्य सञ्चालनको डाडुपन्यू चलाउने ठाउँमा कैयौं नेता तथा कार्यकता पुगिसकेका छन् । यद्यपि वर्गीय समानताका नारा उराल्दै जनयुद्धमा सहभागी धेरैजसो कार्यकर्ताका लागि भने जनयुद्ध कहिल्यै नपुरिने घाउ पनि बनेको छ ।

त्रिवेणी गाउँपालिका– ५ जबरबोटमा घर भएकी एक पूर्वमाओवादी कलाकार यतिबेला घर न घाटकी भएर वेवारिशे अवस्थामा सडकमै बास बस्ने अवस्थामा पुगेकी छन् । जनयुद्धबाट राजनीतिक रुपमा ठूलै उपलव्धि भए तापनि त्यसमा सहभागी धेरैजसो विजोग अवस्थामा पुगेको यो एउटा उदाहरण बनेको छ ।

समाज रुपान्तरणको सुनौलो सपना बोकेर कहिले भोकै र कहिले प्यासै नाच्दै गाउँदै जनता जगाउँदै हिडेकी यी महिलाका लागि सडक नै बास बनेको छ । त्रिवेणी गाउँपालिकाकी खुमा विकका अनुसार सानो बच्चासहित यी महिला वेवारिशे अवस्थामा हिड्ने र सडकमै सुत्दै आएकी छन् ।

जनयुद्धकै क्रममा सिन्धुपाल्चोकका लिम्बु थरका व्यक्तिसँग बिहे गरे पनि तल्लो जातिको भन्दै माइतीमै छोडेर गएको खुमाले बताइन् । लिम्बुको पहिलो श्रीमती भएको र माइतमै अलपत्र छोडेको बताइन्छ । लिम्बुको परिवारले दलित भन्ने थाहा पाएपछि दशैंमा ससुराली जाऔं भनेर लिएर यतै छाडेर गएको विकको भनाइ छ ।

श्रीमानले छोडेर गएपछि तनावमा परेकी बिठ्ठु नामकी यी महिलाको मानसिक सन्तुलन गुमेको बताइन्छ । त्यसपछि फेरि ६ बहिनी छोरीहरु भएका ६० वर्षीय वृद्धसँग विवाह गरिदिए गाउँमै । तर, यिनले पनि छोरी नै जन्माइन् । त्यसपछि झनै तनावमा परेकी बिठ्ठुले मानसिक सन्तुलन गुमाएर वेवारिशे अवस्थामा पुगेको गाउँलेहरु बताउँछन् ।

साभार :-Gnews Nepal

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!