दमक नगरपालिका–५ प्रगति टोलकी पदम कुमारी बेघा विगत दुई बर्ष देखी मिर्गाैला, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसकी छिन् । आर्थिक अवस्था न्यून भएका कारण अहिले पदम कुमारी अस्पताल समेत जान सकेकी छैनन् ।

बिराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनका श्रीमान बुद्धराज मेयाङ्बोले बताए । आर्थिक समस्याकै कारणले आफ्ना श्रीमतीको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरे ।

चिकित्सकका अनुसार डाइलेसिसको माध्यमबाट यात मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसको लागि १५ दिनको मात्र समय दिएको संञ्चारकर्मी समेत रहेका छोरा अबिन मेयाङ्बोले बताए । आमाको उपचारका लागि आफुहरुसंग पैसा नभएको कारण अहिले गाउँसमाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वलाइ सहयोगको अपिल गरीरहेको उनले सुनाए ।

बिरामी भएकी पदम कुमारी बेघा अहिले ५९ वर्ष पुगेकी भईन् । परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकोले सहयोगको अपिल गरेको श्रीमान बुद्धराज मेयाङ्बोले बताए ।

सहयोग गर्न चाहनुहुन्छ भने यो नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछः ९८१५०१७४६०/९८१५०००५६१/९८४००४३७५३

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!