ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै गीताको हत्या गरेको स्वीकार गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । साथै उनीहरु बीच आर्थिक लेनदेन लगायत अरु सम्बन्ध बारे आरोपित निर्मलले मुख नखोलेको डिएसपी ओझाले बताउनुभयो ।

निजहरु घुम्न भनेर गएको र एक्कासि उनीहरु बीच झगडा भए पछि निर्मलले घाँटीमा सलले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान पछि पत्ता लागेको हो ।हत्या गरेको दिन ६ बजे नै बेलुका निर्मल घर फर्किएको अनुसन्धानबाट थाहाभएको छ । गीताको हत्याको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी ओझाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हत्याको आशङ्कामा निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको थियो । ३९ वर्षीया गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको थियो ।उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन । भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।

प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएका थियो । मृतक गीताका दुई बच्चा छन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!