सोमबार, भाद्र २२, २०७७ || 812  पटक पढिएको

खोसी तिम्रा धन गन्न माग्या छैन
तिम्रा खेतबारी खन्न माग्या छैन

अलिअलि खोस्री बाँच्छु भन्या हो
के डराउँछौ तिमी टन्न माग्या छैन

बनाउछु भन्नेले सबैथोक बिर्से
बुझेनन उ जस्तै बन्न माग्या छैन

कति रात काट्यौं भोकभोकै तर
सत्ते एक दानो अन्न माग्या छैन

के फरक छ र ? ऊ अनि म मा
साटौं जीवन भनी धन्न माग्या छैन ………

लक्ष्मी स्मृती
बिराटनगर- ५

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!