मंगलबार, पौष २९, २०७६ || 1162  पटक पढिएको

हिपमत डटकम
ललितपुर ,२९ पौष : ललितपुर जिल्लाको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका क्रिस्चियन पास्टर विश्वास जोशी भन्ने ध्रुवबाबु जोशी जबरजस्तीकरणी बलात्कार सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।
पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमवार पास्टर जोशीलाई नियन्त्रणमा लिएको हो ।पीडितको उजुरीमा भनिएको छ, ‘आफ्नो बाथ सम्बन्धी र शरीरको खुट्टाहरू काम्ने रोगहरू समेत भएकोले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने विश्वास लागि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो । सो पाप मेटाउनको लागि तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नुभएको छ । त्यस्तैले तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ ।’

पास्टरले आफूलाई ललाइफकाई विश्वास दिलाई विगत ३ महिनादेखि जबरजस्ती करणी गरेको पीडित महिलाले जनाएकी छन् । ‘पहिलो पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउ मोडको एक गेस्ट हाउसको कोठामा बोलाइ मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पास्टरले मलाई करणी गर्नुभयो । मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ति नास भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिए,’ उजुरीमा उल्लेख छ ।

दोस्रो पटक आफूले सञ्चालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडित महिलाको भनाई छ । यौन सम्पर्क अस्वीकार गर्दा तिमीले मसँग पहिला पनि शारीरिक सम्पर्क गरिसकेकी छौं, तिम्रो परिवार तथा साथीभाइलाई चर्चमा हल्ला गरिदिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्तीकरणी गरेको उजरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!