सोमबार, भाद्र २२, २०७७ || 471  पटक पढिएको

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ ।

नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता केन्द्रित हुनेछ ।

गत फेब्रुअरीमा तालिबान र संयुक्तराज्य अमेरिकाबीच दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ता शुरु हुन लागेको हो । तर सम्झौतामा तोकिएको मितिभन्दा ढिलो गरी दुबै पक्षबीच वार्ता हुन लागेको हो ।

शनिबार अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजूनले ट्वीट गर्दै अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका छन् ।

शनिबार नै राति ट्वीट गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानको वार्ता टोलीमा फेरबदल गरिएको बताएका छन् । तालिबानका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको प्रवक्ताले बताएका छन् ।

यसअघि तालिबानका वार्ता टोली प्रमुखमा शेर मोहम्मद अब्बास स्टानिकजाई थिए । अब शेर मोहम्मद वार्ता टोलीको उपप्रमुख रहने छन् । यो फेरबदल सहित तालिबान वार्ता टोलीका सदस्यको संख्या २१ पुगेको छ ।

गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नै नगर्ने अडान राख्दै आएको थियो । अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीहरु समेत रहेको टोली बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार नै एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुबै पक्षलाई मनाउन कतार पुगेको जनाएको छ ।-एपी/Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!