सोमबार, भाद्र २२, २०७७ || 611  पटक पढिएको

“कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रविन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा। पाण्डेले बताउनुभयो । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा उनीहरू खुशी हुनेछन् । ज्येष्ठ नागरिकलाई भगवानको फोटो हुँदा रुचिकर हुनसक्ने उहाँको तर्क छ ।

जनस्वास्थ्य विशेषज्ञ डा।रबिन्द्र पाडेका अनुसार सबैलाई रुचिअनुसार मास्क बजारमा उपलब्ध हुँदा यसको प्रयोग बढ्छ । कोभिड–१९ को सङ्क्रमण देशभरि बढीरहँदा मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रुपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उहाँको भनाई छ । जुत्ता, कपडा जस्तै यो पनि फरक फरक आकार र किसिमका हुनुपर्छ । उहाँले भन्नुभयो, “युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्ने खालको मास्क पाइँदैन ।”

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको छ । सर्जिकल माक्सभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालको लागि डिजाइन गरिएको माक्स हो ।

अरु मास्कको तुलनामा महङ्गो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा। पाण्डेको भनाइ छ । यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भएपनि सङ्क्रमितले यो लगाउँदा अरुलाई सर्न सक्ने सम्भावना छ । उहाँले भन्नुभयो, “यस्तो मास्कको प्रयोग आमनागरिकले नगरेकै राम्रो हो ।”

कोभिड–१९ सङ्क्रमण भित्रिएसँगै विश्वमा नै मास्कको प्रयोग बढीरहेको देखिन्छ । शुरुमा विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिले लगाउनु पर्दैन र मास्क लगाउने भनेको सङ्क्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकाले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाई थियो । बिस्तारै, एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखेपनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्देन । त्यसले सङ्क्रमित भए वा नभएपनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।

तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढीरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा सङ्क्रमण हुँदैन र सङ्क्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा। पाण्डेको धारणा छ ।

आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क प्रयोग गर्नसक्ने उहाँको सुझाव छ । कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले सङ्क्रमणबाट बच्न सघाउँछ । कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ । ती मास्कमा आफैँले पनि च्याप्ने कुरा हाल्न सकिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “नाक माथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ ।” गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!