दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् ।

जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ । यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ ।

यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ । तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ ।

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

१. कालो दालसँग दुध

हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

२. दहीसँग दुध

दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

३. मूला, माछामासु जस्ता पदार्थसँग दुध

दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

४. नुन र करेलासँग दुध

दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५. तिलको सेवनसँग दुध

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६. कागतीसँग दुध

दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७. सुत्नु भन्दा अघि तातो दुध

सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

८. रहरको दालसँग दुध

रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

९. नुनिलो खानेकुराहरु सँग दुध

दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।

१०. प्याजसँग दुध

खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।

११. खुर्सानी र मसलादार खानासँग दुध

खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

१२. केरासँग दुध

रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ ।

यी १२ कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला ।

अब दुध कसरी पिउने हो ? यसलाई कतिबेला पिउने ? जान्नुहोस

१. रातमा दूध पिउँदाका फाइदा

दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ । यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।

२. राती पचाउन नसके बिहान

पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ । त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।

३. मसल्स बनाउनलाई राति पिउने

आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।

४. साँझ परेपछि पिउने

साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।

५. दूधलाई मिल्क सेक बनाएर नपिउने

आयुर्वेदका अनुसार दूधलाई मिल्कसेकको रुपमा पिउनु स्वास्थ्यका लागि ठिक छैन । दूधमा काँचो फल, केरा, आप आदि मिलाएर खानु हुँदैन ।

६. दुधमा केरा नमिसाउने

केरालाई दूधसँग मिलाएर खानु हुँदैन किनकी यसबाट शरीरमा टक्सिन जम्मा हुन थाल्छन् । यसले गर्दा रुघा, खोकी, ज्वरो एलर्जी र छालाका समस्याहरु उत्पन्न हुन्छन् ।

७. दुध पिउने विशेष समय

आयुर्वेदका अनुसार हरेक दिन दूध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दूध पिउँदा तपाईंले बढिभन्दा बढि फाइदा लिन सक्नुहुन्छ ।

आयुर्वेद विशेषज्ञहरुका अनुसार दूध बिहानै वा राति सुत्नुअघि पिउनु मुनासिब हुन्छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखालाई पनि यसले फाइदा पुग्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!