बलिउडका ठूला कलाकारहरुलाई आ–आफ्ना फिल्ममा खतरनाक स्टन्ट दिएको देखेकै छन् । तर सायदै त कमैलाई मात्र थाहा होला, फिल्ममा स्टन्ट दिने यी कलाकारहरु वास्तविक जीवनमा भने अनौठो कुराहरुबाट डराउछन् । यी कलाकारमा बलिउडका टप सेलिब्रेटी छन् ।
प्रायशः मानिसहरु खाना खाँदा चम्चा वा काँटाको सट्टा हातकै प्रयोग गर्छन् । तर अभिनेता अजय देवगनलाई यो कुरा पिटिक्कै मनपर्दैन् । अजय हातले खाना खान डराउछन् । हातले खाना खाँदा औला बिग्रने डर अजयमा छ ।
अभिनेत्री दीपिका पादुकोण फिल्ममा जति दमदार र निडर बन्छिन्, वास्तविक जीवनमा उनी त्यसको विपरित डरफोक छिन् । बलिउडकी ‘मस्तानी’ वास्तविक जीवनमा सर्पसँग धेरै डराउँछिन् ।
अभिनेत्री कटरीना कैफको डर अन्य कलाकारको भन्दा फरक किसिमको छ । उनलाई टमाटरको फोबिया छ । उनका अनुसार टमाटर देख्दा कटरीनालाई हेर्नै मन नलाग्ने दृश्यको सम्झना हुन्छ ।
बलिउडका बादशाह शाहरुख खानले बलिउडका धेरै फिल्ममा घोड सवारी गरेका छन् । तर कमैलाई मात्र थाहा होला कि उनी वास्तविक जीवनमा घोड सवारी गर्न निकै डराउछन् ।
फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक कुरा हो । तर अभिनेता अभिषेक बच्चन फलफूललाई घृणा गर्छन् । अभिषेक निकट स्रोतका अनुसार उनले वास्तविक जीवनमा आजसम्म कुनै पनि फल खाएका छैनन् ।