नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ ।

गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ । तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो । अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ ।

यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए । त्यसैले कोरानाभाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका बयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ । अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारीता र सुरक्षामाथि निकै सचेत देखिएका छन् । तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन् । मस्कोस्थित गामालेया इन्स्टिच्यूटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको दाबी गरे ।

ल्यान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार, खोपको परीक्षण रुसका दुई वटा अस्पतालमा गरिएको थियो जसमा १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो । परीक्षणका लागि नाम लेखाएका व्यक्तिलाई अलग राखिएको थियो । खोप लगाइएपछि उनीहरुलाई २८ दिनसम्म अस्पतालमै राखिएको थियो ।

रुसले विकास गरेको खोपमा प्रयोग गरिएको प्रविधि चीनको क्यान–साइनो बायोलजिक्स र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरिरहेको खोपजस्तै छ ।रुसी अनुसन्धाताहरुले खोपमा सहभागी सबै ४० जनामा एन्डीबडी विकास भएको र यसले संक्रमण रोक्न मद्दत गर्ने जनाएका छन् ।यो खोप लगाएकाहरुमा खोप लगाइएको ठाउँमा हुने दुखाई, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोड्नी दुख्ने समस्या देखिएको छ ।जोन्स हप्किन्स ब्लूमबर्ग जनस्वास्थ्य विद्यालयका डा नाओर बार–जीभले सानै भएपनि रुसी खोप उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् ।

रुसी सरकारले गत अगष्ट ११ मा ठूलै कार्यक्रमबीच खोपलाई सरकारी मान्यता दिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माण भएको बारे राष्ट्रिय टेलिभिजनबाटै घोषणा गरेका थिए । उनले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोगप्रतिरोधी क्षमता विकास गरेको बताएका थिए ।त्यसयता रुसका धेरै उच्च पदाधिकारीले खोप लिएको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिन र रक्षा मन्त्री सर्गेई सोइगु समेतका अरु पदाधिकारीले यस्तो खोप लिएका छन् । विश्व स्वास्थ्य संगठनले खोप दिइएका व्यक्तिका बारेमा थप विवरण प्राप्त गर्न रुसी अधिकारीहरुसँग परामर्श गरिरहेको जनाएको छ । तर शुक्रबार संगठनका प्रवक्ता डा मार्गरेट ह्यारिसले रुसले सम्पूर्ण विवरण उपलब्ध गराइनसकेको बताएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!