आइतबार, भाद्र २१, २०७७ || 485  पटक पढिएको

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुँजी बजार विकासको बाधकको रुपमा निरन्तर चित्रित गरियो । उनको बहिर्गमनको चर्चा बाहिर ल्याउँदै बजारलाई माथि पटक–पटक उचाल्ने काम समेत गरियो । यस्तो चर्चा थियो कि खतिवडा बहिर्गमन भए भने बजारले कम्तीमा पनि ऐतिहासिक विन्दु छुन्छ । तर, खतिवडाको बहिर्गमन भएपछिको पहिलो दिन आइतबार भने शेयर बजारले झनै नकारात्मक बाटो समातेको छ ।

आइतबार समग्र बजार परिसूचक (नेप्से) १०.४५ अंकले घटेको छ । बिहीबार १ हजार ५ सय १० को विन्दुमा बन्द भएको परिसूचक शुक्रबार १ हजा ४ सय ९९ विन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुनुअघि खतिवडाको निरन्तरता वा बहिर्गमनबारेको अन्यौलता कायमै थियो ।

आइतबारको बजारमा २ अर्ब ७८ करोड रुपैंया बराबरको शेयर कारोबार भएको छ । यो दिन करिब ७० लाख कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार बजारसँग सम्बन्धित सबै सूचक र व्यापारमूलक र सामूहिक लगानी कोष उपसमूह बाहेक अरु सबै उपसूचक समेत घटेका छन् ।

गिरावटकै बीचमा पनि उन्नति लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी हाइड्रोपावर र युनिभर्सल पाव।को शेयर भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ? एननआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!