ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उहाँका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ ।निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले  जानकारी दिनुभयो ।

अनुसन्धानमा ३९ वर्षीया गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको हो ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन ।

भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।
प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।गोरखापत्र दैनिकमा खबर छ ।

शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएको एसएसपी राई बताउनुहुन्छ ।
मृतक गीताका दुई बच्चा छन् । गीता अल्का अस्पतालमा ‘हाउस किपर’ को रुपमा काम गर्नुहुन्थ्यो । भतिजा निर्मल केसी र उहाँबीच केही वर्षदेखि निकट सम्बन्ध रहेको प्रहरी अधिकारी बताउँछन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे ।

उनीहरूबीच अरु के –कस्तो सम्बन्ध थियो भन्ने बारेमा अनुसन्धानबाट थाहा हुने ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!