आइतबार, भाद्र २१, २०७७ || 427  पटक पढिएको

पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ ।

यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् ।

यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ ।

भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ ।

निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमानसंग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

केसी परिवारले गीता हराएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको शव शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फेला पारेको थियो ।

हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको हत्याको कारण लेनदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा विवाद उब्जिएपछि घाँटी थिचेर गीताको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो ।

एकातिर ज्यान, अर्कातिर टाउको र खुट्टा हुने गरी गरिएको सो वीभत्स हत्यापछि शवका टुक्रा सुटकेस र जेब्रा झोलामा हालेर फ्याँकिएको थियो ।

हत्यामा संलग्न व्यक्ति शव फालिएको स्थान नजिकै बस्थिन् । प्रहरीको बलियो अनुसन्धानले हत्याको दोस्रो दिनमै हत्यारा पक्राउ गर्न सफल भयो ।

हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको पुष्टि भएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।

‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको आजको राजधानी दैनिकले खवर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!