आइतबार, भाद्र २१, २०७७ || 455  पटक पढिएको

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको टकराव बढ्दै गएको छ । पार्टीको महाधिवेशन यसै वर्ष हुनेमा अन्यौल बढिरहँदा विभागहरुमा नियुक्तिको विषयमा विवाद चर्केको छ ।

पार्टीको विभाग गठन महाधिवेशनलाई लक्षित गरी गर्न थालेपछि पौडेल असन्तुष्ट बनेका हुन् । पदको लालच देखाउँदै देउवाले आफ्ना मान्छे तान्न थालेपछि पौडेलले कडा चेतावनी समेत दिएका छन् । उनले आफ्नो समुहको भेला राखी भावी रणनीतिबारे छलफल गरेका छन् ।

महाधिवेशन यसै वर्ष हुनुपर्नेमा पौडेल समुहको जोड रहेको छ । देउवा पक्षले भने कोरोना भाइरसको संक्रमणलाई देखाउँदै २०७८ सालमा मात्र गर्ने योजना बनाएको छ । यसलाई लिएर पौडेल पक्ष असन्तुष्ट भइरहेको छ ।

काँग्रेसभित्र आगामी महाधिवेशनका लागि देउवा र पौडेल समुहको आ आफ्नो तयारी छ । देउवाले पौडेल निकटहरुलाई धमाधम आफ्नो पक्षमा पार्दै लगेका छन् । पौडेलले पनि देउवा समुहका हस्तीहरुलाई नै साथमा ल्याउन आन्तरिक खेल खेलिरहेका छन् । दुवै वार कि पारको लडाईंमा लागेका छन् ।

काँग्रेसभित्र देउवाविरुद्धको समुह एकतावद्ध हुने प्रयासमा छ । तर, पौडेल समुहमा सभापतिका आधा दर्जन आकांक्षी देखिएका छन् । यसले झन् समस्या ल्याएको छ । देउवा समुहमा पनि सभापतिका आकांक्षी उनीबाहेक

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!