शनिबार, भाद्र २०, २०७७ || 925  पटक पढिएको

सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि सङ्कटकालको घोषणा गरेको छ ।सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको छ, “सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको छ ।”

एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ । बाढीका कारण एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुगेको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ । देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् ।
सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ । ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित बनेका सिंचाइ तथा खानेपानी मन्त्रालयले उल्लेख गरेको छ । सुडानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको बिहीबार सार्वजनिक अन्तिम रिपोर्ट अनुसार यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी मानिस ‘प्रभावित’ भइसकेका उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!