मंगलबार, पौष २९, २०७६ || 691  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष २९: नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल र गङ्गाझैँ पवित्र रहेको नेपाल र भारतका अधिकारीले बताएका छन् ।
भारतकाे बिहार राज्यको सुपौल जिल्लाकाे वीरपुर र दरभङ्गा जिल्लाको दरभङ्गामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले यस्ताे बताएका हुन् ।
भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडीएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध ‘बेटी रोटी’को जस्तै भएको बताउनु भयो । उहाँले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य देशमा जानका लागि प्रवेशाज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गर्नुभयो ।
दुई देशको सम्बन्ध अटुट भएकै कारण दुई देशका नागरिकले खुलारूपमा आवतजावत गर्न सकिरहेकाे एसडीएम सुभाषकुमारले बताउनु भयो । उहाँले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल र गङ्गाझैँ पवित्र भएको बताउनु भयो । प्रमुख मेहताले भारतीय अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिनुभयो ।
उहाँले नेपालमा अहिले भ्रमण वर्ष चलिरहेकाले भ्रमणका लागि एसडीएम सुभाषकुमारलाई आग्रह गर्नुभयो । नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाण्डाैकाे पशुपतिनाथलगायतका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताउनु भयो ।
भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडीएम सुभाषकुमारले प्रमुख मेहतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै भारतकाे बिहार राज्यकाे सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले समाधानका लागि आग्रह गर्नुभयो ।
विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अधिकारीहरुले भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गरेका थिए ।
विवाह, नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको थियो । कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!