शुक्रबार, भाद्र १९, २०७७ || 887  पटक पढिएको

धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ । गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् । बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको एसपी रेग्मीले बताए । आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए । सामान्य विवाद हुँदा गुरुङको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव पोष्टमार्टमको लागि धादिङबेशी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!