ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् ।

मिथुन राशी भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।वृष राशी भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

वास्तुशास्त्रका यी ८ उपाय अपनाए चम्किनेछ तपाईको भाग्य=पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ । दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् । घरको बीच भाग खालि राख्ने : घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।भण्डार कक्ष कहाँ राख्ने : भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

झ्याल ढोकाको सफाइ : घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ । मुख्यद्वारको सजावट : घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ । चराहरूलाई दानापानी दिन डुँड : घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ । प्याजी रंग : घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!