शुक्रबार, भाद्र १९, २०७७ || 643  पटक पढिएको

यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन– उद्धारमा पुगेका अनिल विश्वकर्माले भने । स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजिकैको सुर्तीवाङ लेकबाट खसेको पहिरोले थुनिएको सानो खोला एक्कासि खुल्दा खोलामा बाढी आएको हो । स्थानीय कल्याण कायतले बुधबार राति पानी परे पनि नदीमा त्यति ठूलो बहाव आउला भन्ने सोचेकै थिएनौँ, ढुङ्गा माटो सहितको पहिरोले थुनिएको खोला एक्कासि खुल्दा बहाव बढेर आए जस्तो लाग्यो भने । रातको समयमा माथिबाट बाढी आएको जानकारी तटीय क्षेत्रमा फल्लेघर क्षेत्रवासीले फोनमार्फत गराएपछि धेरै जना भागेका थिए । माथिबाट फोन आएकै कारण लाकुरीबोटमा धेरै भौतिक क्षति पुगे पनि मानवीय क्षति कम भएको छ, दुना पधेरामा फोन सम्पर्क नहुँदा भौतिक क्षति कम भए पनि मानवीय क्षति बढी भएको स्थानीय चेतबहादुर विकले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चन्द्रप्रकाश शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!