प्रेम अन्धो हुन्छ । यो कुरा भारतको मध्यप्रेदशको एक जोडीले प्रमाणित गरिदिएको छ । यहाँका एक वृद्ध अस्पतालमा उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ एक वृद्धासँग माया बस्यो । यी दुईबीचको प्रेम देखेर उनीहरुले सन्तानले विवाह गरिदिए । दुलहाको उमेर ७० वर्ष छ भने दुलहीको ५५ वर्ष । अस्पतालमा उपचार गर्न गएका थिए । वास्तवमा ७० वर्षकी ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना थिए । त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । तीन दिनपछि दुबैजना एक महत्वपूर्ण निर्णयमा पुगे ।

ओमकार सिंहका चार सन्तान छन् । उनले गड्डुबाईलाई टेम्पो चढाएर घर लगे । उनले आफ्ना सन्तानलाई गड्डुबाईसँग बस्ने इच्छा जताए । त्यसपछि स्थानीय र ओमकार सिंहका छोरा, बुहारीले उनीहरुको विवाह गर्ने निर्णय लिए । ३ वर्ष अघि ओमकारकी श्रीमतीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!