सर्वोच्चले भएको कानुन कार्यान्वयन नभएमा कारागारभित्र कोरोना भाइरस संक्रमण हुन सक्ने पहिले नै संकेत गरेको थियो । त्यस्तो अवस्था आउन नदिनका लागि सरकारले भएका कानुन पूर्णरुपमा कार्यान्वयन गर्न आदेश पनि दिएको हो । तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदा हाल कारागारभित्र संक्रमण हुने क्रम बढ्दो भएको कानुनविद्हरुको धारणा छ ।

सर्वोच्च अदालतले कानुनमा उल्लेख भएबमोजिम कैदीबन्दीलाई बाहिर राख्ने व्यवस्था एक साताभित्र कार्यान्वयन गर्न गत वैशाख १७ गते अन्तरिम आदेश दियो । यस्तो आदेश कारागारभित्र कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आंशका गरी आएको थियो ।

तर, सरकारले सो आदेशलाई वास्ता गरेन । झन्डै ४ महिनाअघि गरिएको आशंका हाल आएर पुष्टि भएको छ । केन्द्रीय कारागारलगायतका कैदी बन्दी तथा प्रहरीलाई समेत उल्लेख्य संख्यामा कोभिड–१९ को संक्रमण भएपछि भयावहको स्थिति आउन सक्ने आकलन गरिएको छ । केही कैदी बन्दीको मृत्युसमेत भएको छ ।

सर्वोच्चले पहिले नै आकलन गरेको यस्तो अवस्थालाई सम्बोधन गर्न कैदी बन्दीको स्वास्थ्यलाई दृष्टिगत गरी बनाइएको कानुन लागू गर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!