बदाम स्मरण शक्तिचुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ । सधैं राति पाँचवटा बदाम भिजाएर राख्नुहोस र विहान उठ्ने बित्तिकै खानुहोस दिमागले सक्रियताको साथ काम गर्छ ।

माछा मांसाहारी मानिसको लागि माछा खानु दिमागको लागि धेरै नै राम्रो मानिन्छ । माछामा अधिक मात्रामा ओमेगा–३ फ्याटी एसिडको पाइने हुनाले यसलाई ब्रेन फुड पनि भनिन्छ । माछा नियमित खानाले तपाईको स्मरण शक्ति बढ्छ । अण्डा अण्डाले पनि स्मरण शक्ति तेज बनाउनको लािग धेरै महत्वपूर्ण भूमिका निभाँउछ । खासगरी यसको पँहेलो भाग मस्तिष्कको लागि धेरै नै उपयोगी हुन्छ । नियमित अण्डा खाने गर्नुहोस ।

डार्क चकलेट डार्क चकलेटले पनि स्मरण शक्ति राम्रो बनाउनको लागि सहयोग गर्छ र दिमागको कार्य क्षमता बढाँउछ । र्डाक चकलेटमा एन्टि अक्सिडेन्ट्स प्रचुर मात्रामा हुन्छ जसले दिमागमा रक्त सञ्चारलाई राम्रो बनाँउछ । जैतूनको तेल जैतूनको तेलमा मोनो स्याचुरेटेड फ्याट्सको मात्रा पर्याप्त हुन्छ जसले रक्तनलीको सक्रियता बढाउँछ । रक्तनलीहरुमा सक्रियता बढ्नाले स्मरण शक्ति बढ्छ ।

सूर्यमुखीको बिउ भिटामिन ई र सी को पर्याप्तमात्राले हामीलाई एकाग्र रहन र स्मरण शक्तिको लागि धेरै नै लाभदायी हुन्छ । सूर्यमुखीको बिउ भिटामिन ई को राम्रो स्रोत हो । ओखर ओखरमा एन्टिअक्सिडेन्ट्स र भिटामिन ई प्रसस्त मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले शरीरमा हुने प्राकृतिक रसायनहरुलाई नष्ट हुनबाट रोकेर विभिन्न रोगहरुको रोकथाम गर्छ । यसमा उच्चमात्रामा प्रोटिन पनि पाइन्छ । नियमित ओखर खानाले मानिसको स्मरण शक्ति बढ्छ ।

यो पनि:स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासा यनिक पदार्थका कारण यो छिट्टै पच्छ । अ पच, कब्जि यत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ । तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हा नि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

एलर्जी :जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । तत्कालै नसुत्नुस् :दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ । राति नखानुस् :राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

अमिलो दही नखानुस् :दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, ए सि डटी वा पेटको खरा बी हुन सक्छ । नतताउनुस् :दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्या क्टे रिया सकिन्छन् ।

दमको रोगीले नखानुस् :तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ । मासुसँग नखानुस् :मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ:कम इम्युनिटी:रोग प्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ । मोटोपन :मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । मधुमेह:मधुमेहका रोगी महिलाको यो निमा यीस्ट सं क्रम ण भएमा दही खाँदा ठीक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!