नेपाली सिने जगतमा छोटो समयमै एउटा स्थापित नाम हो साम्राज्ञी राज्य लक्ष्मी शाह । डेब्यु गरेको फिल्म देखि अभिनित कुनै फिल्ममा पनि सफलता र अभिनयका हिसाबले पछाडि फर्केर हेर्नू नपरेको एक सफल नायिका हुन उनी । बेला बेला विवादमा र आलोचनाको सिकार भैरहने उनी पछिल्लो समय नेपाली फिल्म क्षेत्रको बिकृतिको बिषयमा बोल्दा एक्लिईन् ।सामाजिक संजालमा पनि निकै सक्रिय उनले आफ्नो केही फिल्महरुमा छायांकनको बेला दुर्व्यवहार भएको भनेर ईन्स्टाग्राम एकाउन्टबाट भिडियो सार्बजनिक गर्दै बोलेकी थिइन् । तर सिने क्षेत्रबाटै उनलाई समर्थनको कमि भएपछि उनको बोली बन्द भयो । तर यस्ता बिकृतीको बिरुद्धमा आवाज उठाईरहने उनको अभिव्यक्ति छ । सामाजिक संजाल फेसबुक तथा ईन्स्टाग्राममा उनी फोटो पोस्ट गर्न सक्रिय हुन्छिन । पछिल्लो समय उनले ब्ल्याक ड्रेसमा केही सुन्दर तस्वीरहरु सार्बजनिक गरेकी छन ।