बुधबार, भाद्र १७, २०७७ || 692  पटक पढिएको

बुधबार बजार खुलेको एक घण्टामा नै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ६ कराेड रुपैयाँमा खरिद बिक्री भएको छ।

यस अवधिमा अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ७ वटा हइड्रोपावर कम्पनी रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८९ प्रतिशतले बढेको छ। त्यस्तै, अरुण कावेलीको ९.३५ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरको ९.२८ प्रतिशतले बढेको छ।
कारोबारमा आएका १२ वटै उपसमूहको सूचक सकारात्मक छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक २.२२ प्रतिशतले बढेको छ।

यस अवधिमा नेप्से सूचक २०.७५ अंकले बढेर १ हजार ५०५ विन्दुमा पुगेकाे छ।-मेरोलागानीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!