बुधबार, भाद्र १७, २०७७ || 616  पटक पढिएको

कोरोना भाइरसका नौ प्रकारका भ्याक्सिन अन्तिम परीक्षणको चरणमा रहेका छन् । मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका हुन् ।

अन्तिम परीक्षणको चरणमा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि, अष्ट्रेलियाको मुरडक्ट्सको चिल्ड्रेन रिसर्च इन्स्टिच्युट, ब्रिटे र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, छन् ।

रुसको गेमेलिया रिसर्च इन्स्टिच्युटको स्पुतनिक भी ले तेस्रो चरणको परीक्षण गरिरहेको छ । उसले भ्याक्सिन दर्ता गरी प्रयोग गर्दैछ । अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन पनि तेस्रो चरणको परीक्षणको क्रममा छ ।

अहिलेसम्म कुनैपनि भ्याक्सिन पूर्ण प्रयोगका लागि अनुमोदित भइसकेको छैन । तर, रुसको गेमेलिया, चिनियाँसहित तीन प्रकारका भ्याक्सिन प्रारम्भिक र निश्चित क्षेत्रहरुमा मात्र प्रयोगको अनुमोदन भएको हो ।

नौ वटा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । १४ वटा भ्याक्सिन दोस्रो चरणको परीक्षणका क्रममा छन् । २३ वटा भ्याक्सिन पहिलो चरणको परीक्षणका क्रममा छन् । यसरी ४६ वटा भ्याक्सिन मानव परीक्षणका क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!