फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्डोले पैगम्बर मोहम्मदको त्यो कार्टुनलाई पुनः प्रकाशित गरेको छ जसका कारण सन् २०१५ मा ऊ खतरनाक चरमपन्थी हमलाको निशानामा परेको थियो ।

यो कार्टुनलाई त्यतिबेला पुनर्प्रकाशित गरिएको हो जब सन् २०१५ जनवरी ७ मा शार्ली एब्डोको कार्यालयमा हमला गर्नेहरुलाई मद्दत गरेको भन्दै १४ जना विरुद्ध मुद्दा सुरु गर्न लागिएको छ ।

यो हमलामा पत्रिकाका चर्चित कार्टुनिस्टसमेत १२ जनाको हत्या भएको थियो । केही दिन पछि पेरिसमा यसैसँग जोडिएको अर्को हमलामा पाँचजनाको ज्यान गएको थियो ।

यो हमलापछि फ्रान्समा चरमपन्थी हमलाको सिलसिला सुरु भएको थियो ।

पत्रिकाको ताजा संस्करणको कभर पेजमा पेगम्बर मोहम्मदका १२ कार्टुन छापिएका छन् जुन शार्ली एब्डोमा प्रकाशित गर्नुअघि डेनमार्कको एक पत्रिकाले छापेको थियो ।

यीमध्ये एउटा कार्टुनमा पेगम्बरको टाउकोमा बम बाँधिएको देखाइएको थियो । साथै फ्रेन्च भाषामा लेखिएको थियो, ‘त्यो सबै कुरा यसको लागि नै थियो ।’

के भन्छ पत्रिका ?

आफ्नो सम्पादकीयमा पत्रिकाले सन् २०१५ को हमला पछि पनि पैगम्बरमाथिको व्यंग्यचित्र छाप्न जारी राखेको बताएको छ ।

सम्पादकीयमा लेखिएको छ, ‘हामीले यस्तो गर्न सधैं अस्विकार गर्यौं । यसकारण होइन किनभने यसमा प्रतिबन्ध थियो । कानूनले हामीलाई यस्तो गर्न अनुमति दिन्छ । तर यस्तो गर्नका लागि कुनै राम्रो कारण हुनु पर्नेथियो । यस्तो कारण जसको कुनै अर्थ होस् र जसका कारण एक बहस पैदा होस् ।’

‘यो काटुर्नलाई जनवरी २०१५ को हमलामाथि सुनुवाई हुने हप्तामा छाप्नु आवश्यक लाग्यो ।’

मुद्दामा के हुँदैछ ?

१४ व्यक्तिमाथि शार्ली एब्डोको पेरिसको कार्यालयमा हमलाका लागि हतियार जुटाएको र उनीहरुको मद्दत गर्नुका साथै पछि यहूदी सुपरमार्केट र एक प्रहरीमाथि हमला गर्न मद्दत गरेको आरोप लागेको छ ।

तीन व्यक्तिमाथि उनीहरुको अनुपस्थितीमा मुद्दा चलिरहेको छ किनभने उनीहरु उत्तरी सिरिया वा इराक भागेको अनुमान लगाइएको छ ।

फ्रान्सको प्रसारक आरएफआईका अनुसार २ सय याचिकाकर्ता र हमलामा बाँचेका मानिसहरु यो मुद्दाको क्रममा बयान दिनसक्छन् ।

यो मुद्दा मार्चमा सुरु हुने भनिएको थियो तर कोरोना महामारीका कारण यो स्थगित भएको थियो । सुनुवाई नोभेम्बरसम्म चल्ने अनुमान गरिएको छ ।

 

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!