बुधबार, भाद्र १७, २०७७ || 490  पटक पढिएको

अवैध चाँदीको पायल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका घरवार नाकाबाट अवैध रुपमा ल्याएको करिब ५ केजीको चाँदीको पायल सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा शिवराज नगरपालिकाका आकास वर्मा, आनन्द वर्मा र होम बहादुर घर्ती रहेका छन् । प्रहरी चौकी सिर्सिहवा र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बा.८ च २९५२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त चाँदीको पायल सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!