‘यदि भारत सैन्य मुठभेड चाहन्छ भने चीनको पिपल्स लिबरेशन आर्मीले भारतीय फौजलाई सन् १९६२ को भन्दा बढी क्षती पुर्याउनेछ ।’ चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ को यो सम्पादकीयलाई दिल्लीबाट छापिने अंग्रेजी पत्रिका ‘टाइम्स अफ इन्डिया’ ले प्रकाशित गरेको छ । ‘ग्लोबल टाइम्स’ को यो चेतावनी भारत र चीनबीच चलिरहेको सीमा विवादको विषयमा भएको हालैको घटनाक्रम बीच आएको हो । ‘टाइम्स अफ इन्डिया’ का अनुसार ग्लोबल टाइम्सले गत हप्ता एक सर्वेक्षणको हवाला दिँदै ९० प्रतिशत चिनियाँ मानिसहरु भारतविरुद्ध बदलाको कारवाही चाहने दाबी गरेको थियो । ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारतभन्दा थुप्रै गुणा शक्तिशाली छ र भारत चीनसँगको मुठभेडमा कतै पनि टिक्न सक्दैन । भारतले अमेरिकाजस्तो ताकतसँग साँठगाँठ गरेर चीनसँग लड्न सक्छ भन्ने भारतको सोचलाई चीनले अब तोड्नु पर्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!